ट्रम्पलाई कोरोना संक्रमण, मास्क लगाउँदै अस्पताल गए

खबर

बोस्टन, अमेरिका
असोज १६, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
ट्रम्पले शुक्रबार बिहानै आफू र फस्ट लेडी मेलानियालाई कोरोना संक्रमण पुष्टि भएको ट्विटमार्फत् सार्वजनिक गरेका हुन् ।

कोरोना पुष्टि भएसँगै ट्रम्प दम्पती ह्वाइट हाउसमै क्वारेन्टाइनमा बसेका थिए । शुक्रबार अपरान्ह उनी डिसी मेन्ट्रो अन्तर्गत मेरिल्याण्ड राज्यस्थित वाल्टर रिट मिलिटरी मेडिकल सेन्टर गएका छन् । उनी त्यहाँ केही दिन रहने अनुमान छ । त्यहाँ जानुअघि उनले एक छोटो भिडियोमा आफु र पत्नी मेलानियाको स्वास्थ्य अवस्था हालसम्म राम्रो रहेको सुनाएका थिए ।

ह्वाइट हाउसले विज्ञप्ती जारी गर्दै राष्ट्रपति ट्रम्प र उनकी पत्नीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।
बढ्दो चुनावी व्यस्तताका कारण ट्रम्प कति दिन क्वारेन्टाइन बस्छन् भन्ने एकिन छैन ।


अमेरिकामा अर्काे महिना अर्थात् नोभेम्बर ३ मा राष्ट्रपतिको चुनाव हुँदैछ । यही चुनावी अभियानका लागि ट्रम्पले पछिल्ला दिनहरुमा आफ्नो सक्रियता निकै बढाएका थिए । सोही क्रममा उनकी प्रेस सहयोगी होप हिक्समा कोरोना देखिएको थियो ।

ट्रम्पले कोरोना भाइरसलाई पहिल्यैदेखि नक्कली भाइरस समेत भन्दै हल्का रुपमा टिप्पणी गर्दै आएका थिए । उनले सार्वजनिक रुपमा मास्क लगाउन समेत अटेर गर्दै आएका छन् । उनकै सिको गर्दै अमेरिकामा कोरोनालाई गम्भीर रुपमा नलिने र मास्क समेत नलगाउने जमात अझै ठूलो छ ।

हस्पिटल जाने बेलामा उनी मास्क लगाएर ह्वाइट हाउसबाट बाहिरिएका थिए ।

तस्वीर स्रोत : गुगल

प्रकाशित मिति : असोज १६, २०७७

Leave a Reply