अमेरिकी उपराष्ट्रपति र सभामुखले लगाए खोप

लेख, लेख

बोस्टन, अमेरिका
डिसेम्बर १८, २०२०


अमेरिकी उपराष्ट्रपति माइक पेन्स र अमेरिकी संसदभकी सभामुख न्यान्सी पेलोसीले शुक्रबार कोरोना भाइरसविरुद्ध फाइजरको खोप लगाएका छन् ।

कोरोना महामारी विरुद्धको अभियानअन्तर्गत खोप लगाउने उनीहरु अहिलेसम्मकै उच्च राजनीतिज्ञ एवं सरकारी अधिकारी हुन् ।

ह्वाइट हाउसमा शुक्रबार बिहानै उपराष्ट्रपति पेन्स, उनकी पत्नी करेन पेन्स र सर्जन जनरल जेरोम एडम्सले खोप लगाएका हुन् । उपराष्ट्रपति पेन्सले खोप लगाउँदाको भिडियो विभिन्न टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गरेका थिए । उनले यो खोपको दोस्रो डोज अबको तीन सातामा लगाउने छन् ।

यस्तै सभामुख पेलोसीले दि उसो क्यापिटल हिलमा कोरोनाको खोप लगाएको एबिसी न्यूजले जनाएको छ ।

शुक्रबार क्यापिटल हिलमा कोरोना भाइरस विरुद्धको खोप लगाउँदै अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसी । तस्विर एबिसी न्यूज

आमअमेरिकी जनतालाई खोपप्रति विश्वास बढाउन आफुले अग्रपंक्तिमा आएर कोरोना विरुद्धको खोप लगाएको पेन्सले प्रतिक्रिया दिएका छन् ।

गत शुक्रबार अमेरिकी खाद्य तथा औषधी प्रशासनबाट स्वीकृत भएको फाइजर र बायोएनटेकको खोप अमेरिकामा सोमबारबाट स्वास्थ्यकर्मी तथा कोरोनाका सिकिस्त विरामीलाई लगाउन थालिएको हो ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति अमला ह्यारिसले पनि केही दिनभित्रै यो खोप लगाउने भएका छन् । अमेरिकामा गत शुक्रबार फाइजर र बायोएनटेकको खोपले पहिलो मान्यता पाएको थियो ।

यस्तै दोस्रो खोपका रुपमा मोडेर्ना कम्पनीको खोपलाई स्वीकृत प्रदान गर्न बिहीबार सल्लाहकार प्यानलबाट सिफारिस भइसकेको छ । सम्भवत: शुक्रबार यो खोपले पनि आपतकालिन प्रयोगको मान्यता पाउने छ ।

प्रकाशित मिति : डिसेम्बर १८, २०२०

Leave a Reply