२०२० फर्केर हेर्दा : कोरोना भाइरसको उत्पतिदेखि खोपको सुरुवातसम्म

खबर, लेख, लेख

मनोज अधिकारी

बोस्टन, अमेरिका
डिसेम्बर ३१, २०२०

विशेषत: सन् २०२० विश्व महामारीकै वरिपरि रुमल्लिएरै बित्यो । मानव इतिहासकै सम्भवत् कहालीलाग्दो विश्व महामारीको रुपमा सिंगो एक वर्ष पुरै कोरोनाले आफ्नो पकडमा लियो ।

हुनत सन् २०१९ को डिसेम्बर अन्तिम सातातिर चीनको वुहान सहरमा अज्ञान रोग देखिएको गाइँगुइँ हल्ला चलेको हो । चीनले भने यसबारे तत्काल कुनै औपचारिक जानकारी दिएन । डिसेम्बरको २४ मा यसको अपुष्ट खबर आउन थालेको थियो । अझै पनि चीनले यसबारे विश्वलाई थाहा दिने चाहेन । चीनले सुरुवातमा वास्तविकता लुकाएर स्थिति भयावह बनाएको भन्दै एउटा अप्रिय आरोप अझै खेपिरहेको छ ।

अन्तत: विश्व स्वास्थ्य संगठनले डिसेम्बर ३१, २०१९ का दिन वुहानमा नयाँ खालको निमोनियाँ देखा परेको पुष्टि गर्याे । त्यसपछि के के भयो हामी लगभग पुरै जानकार छौं र भुक्तभोगी पनि छौं ।

हेरौं कोरोना सम्बन्धी गतिविधिका प्रमुख घटनाक्रम ।

कोरोना भाइरसविरुद्ध विश्वमै पहिलो खोप लगाउने बेलायतकी ९० वर्षीया मार्गरेट कीनन ।

जनवरी ७, २०२० – चीनद्धारा संक्रामक सरुवा रोग भाइरस फैलिएको औपचारिक पुष्टि ।

जनवरी ११, २०२० – चीनमा कोरोनाबाट पहिलोपल्ट ६१ बर्षका बृद्धको मृत्यु ।

जनवरी १७, २०२० – अमेरिकाका केही सहरमा कोरोना जस्तै शंकास्पद भाइरस देखिएको भन्दै जाँच सुरु ।

जनवरी २०, २०२० – चीनपछि यो भाइरस जापान, दक्षिण कोरिया र थाइल्याण्डमा देखिएको खबर सार्वजनिक ।

अमेरिकामा कोरोना भाइरसविरुद्ध पहिलो खोप लिने नर्स स्यान्ड्रा लिन्डसे । इतिहासकै ठूलो खोप अभियानको सुरुवात ।

जनवरी २१, २०२० – अमेरिकाको वासिंटन राज्यमा पहिलोपल्ट कोरोना संक्रमण भेटिएको पुष्टि ।

जनवरी २३, २०२० – चीनको वुहानमा लकडाउन सुरु । चीन सरकारद्धारा नयाँ बर्षका सबैखाले कार्यक्रम स्थगित ।

जनवरी २८, २०२० – विश्व स्वास्थ्य संगठनद्धारा चीनको वुहानमा अनुसन्धान टोली पठाउने निर्णय ।

जनवरी ३०, २०२० – अमेरिकाको वासिंटन राज्यका अन्य केही मानिसमा समेत यो भाइरस सरेको पुष्टि ।

जनवरी ३१, २०२० – चीनबाट अमेरिकातर्फको हवाई यात्रामा प्रतिबन्धको घोषणा ।

फेब्रुअरी २, २०२० – चीनपछि अर्काे मुलुक फिलिपिन्समा कोरोनाबाट पहिलोपल्टक एकजनाको मृत्यु ।

फेब्रुअरी ६, २०२० – अमेरिकामा कोरोनाबाट पहिलो मृत्यु । क्यालिफोर्निया भयो पहिलो राज्य ।

फेब्रुअरी ११, २०२० – विश्व स्वास्थ्य संगठनद्धारा कोरोना भाइरसलाई कोभिड १९ नाम दिने निर्णय ।

फेब्रुअरी १७, २०२० – अमेरिकाकै क्यालिफोर्नियामा दोश्रो व्यक्तिको मृत्यु ।

फेब्रुअरी २५, २०२० – युरोपका केही मुलुकमा कोरोना भाइरसको तीब्र फैलावट । इटलीद्धारा पहिलोपल्ट लकडाउनको घोषणा ।

फेब्रुअरी २९, २०२० – अमेरिकामा दोस्रो राज्यका रुपमा वासिंटन राज्यमा कोरोनाबाट पहिलो बिरामीको मृत्यु ।

मार्च ११, २०२०- कैयन् मुलुकमा कोरोनाको रुप भयावह हुँदै गएपछि विश्व स्वास्थ्य संगठनद्धारा महामारीको घोषणा ।

मार्च १२, २०२० – युरोपेली मुलुकबाट अमेरिकी बाहेक अन्यलाई अमेरिका आन प्रतिबन्ध ।

मार्च १३, २०२० – अमेरिकामा संकटकालको घोषणा ।

अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेन गृह राज्य डेलावरमा कोरोनाको खोप लिंदै ।

मार्च १८, २०२० – अमेरिकामा कोरोनाको परीक्षण निःशुल्क गर्ने निर्णय । साथै विभिन्न राहतका कार्यक्रम घोषणा ।

मार्च २५, २०२० – कोरोनाका कारण परेको आर्थिक असरलाई मध्यनजर गर्दै अमेरिकामा प्रत्येकलाई १२ डलर राहत तथा बेरोजगारलाई चार महिनासम्म अतिरिक्त ६ सय डलर भत्तासहित २ ट्रिलियनको राहत प्याकेज अमेरिकी सिनेटद्धारा पारित ।

अप्रिल २, २०२० – तीन महिनाको अवधिमा विश्वभर कोरोना संक्रमित १० लाख नाघेको दिन ।

अप्रिल २८, २०२० – अमेरिकामा मात्रै कोरोना संक्रमित १० लाख नाघेको दिन ।

मे १, २०२० – अमेरिकामा कोरोनाका सिकिस्त बिरामीलाई रेम्डिसिभियर औषधि प्रयोग गर्न दिने अमेरिकी खाद्य तथा औषधि प्रशासनको निर्णय ।

मे २७, २०२० – अमेरिकामा पाँच महिनाको अवधिमा कोरोना संक्रमणबाट १ लाखको मृत्यु ।

जुन ११, २०२० – अमेरिकामा कोरोना संक्रमितको सख्या २० लाख नाघेको दिन ।

अगस्ट २७, २०२० – अमेरिकी सरुवा रोग तथा नियन्त्रण केन्द्रद्धारा छिटै कोरोना भाइरस विरुद्धको खोप आउने आशाबारे जानकारी । अमेरिकामा फाइजर र मोडेर्नाद्धारा खोपको विकास प्रक्रिया सकारात्मक दिशातर्फ बढेको जानकारी ।

अमेरिकी सरकारका उच्च स्वास्थ्य अधिकारी डा.एन्थोनी फाउची खोप लिंदै ।

अक्टोबर २, २०२० – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नीलाई कोरोना संक्रमण पुष्टि ।

नोभेम्बर १६, २०२० – अमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको तथ्य सार्वजनिक ।

नोभेम्बर १८, २०२० – फाइजर र बायोएनटेक कम्पनीले विकास गरेको खोप पनि ९५ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको जानकारी ।

डिसेम्बर १, २०२० – कोरोना भाइरसविरुद्धको खोप निर्माण गरेको मोडेर्नाद्धारा खोपको अनुमति माग्दै अमेरिकी र युरोपियन नियामक निकायमा औपचारिक निवेदन ।

डिसेम्बर २, २०२० – बेलायतद्धारा फाइजरको खोपलाई कोरोना भाइरसविरुद्ध पहिलो खोपका रुपमा अनुमति प्रदान । यो खोप अनुमोदन गर्ने बेलायत विश्वकै पहिलो मुलुक ।

डिसेम्बर ८, २०२० – कोरोना भाइरस विरुद्ध तयार फाइजरको खोप विश्वमै पहिलोपल्ट बेलायतकी ९० वर्षीया मार्गरेट कीननबाट औपचारिक सुरुवात । उनीलगत्तै दोस्रो खोप बेलायतकै ८१ वर्षीय विलियम शेक्सपियरलाई ।

डिसेम्बर ११, २०२० – कोरोना भाइरसविरुद्धको पहिलो खोपका रुपमा फाइजर कम्पनीको खोप अमेरिकी खाद्य तथा औषधी प्रशासनद्धारा स्वीकृत ।

डिसेम्बर १४, २०२० – अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप सुरु । न्यूयोर्कमा आइसियू नर्स स्यान्ड्रा लिन्डसेलाई पहिलो खोप । टेलिभिजनहरुमा प्रत्यक्ष प्रशारण । इतिहासकै ठूलो खोप अभियानको संज्ञा ।

डिसेम्बर १८, २०२० – अमेरिकी उपराष्ट्रपति माइक पेन्स र अमेरिकी सिनेटकी सभामुख न्यान्सी पेलोसीद्धारा कोरोना भाइरसविरुद्ध फाइजरको खोप ग्रहण । पहिलोपल्ट खोप लगाउने दुवै उच्च अधिकारी । सोही दिन मोडेर्नाको खोप पनि स्वीकृत ।

डिसेम्बर २०, २०२० – बेलायतबाट कोरोना भाइरसको नयाँ प्रकार फैलँदो । धेरै देशमा फैलन थालेपछि ४० भन्दा बढी मुलुकद्धारा बेलायतसँग यात्रा प्रतिबन्धको घोषणा । पहिलेभन्दा ७० प्रतिशत छिटो संक्रमण फैलने तथ्य झन् चिन्ताजनक । बेलायतमा फेरि लकडाउन ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्स खोप लिंदै ।

डिसेम्बर २१, २०२० – नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नीले गृह राज्य डेलावरमा लगाए कोरोना भाइरसविरुद्धको खोप ।

डिसेम्बर २९, २०२० – कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि पुष्टि । पहिलोपल्ट कोलोराडोका एक युवामा देखियो ।

डिसेम्बर ३०, २०२० – मासाचुट्सेस राज्यको बोस्टन नजिकै ११२ वर्षकी बृद्धा हेजल प्लम्मरलाई कोरोना भाइरसविरुद्धको खोप ।

डिसेम्बर ३१, २०२० – अमेरिकामा झण्डै ३० लाख मानिसमा कोरोना विरुद्ध खोपको पहिलो डोज पुरा ।

प्रकाशित मिति : डिसेम्बर ३१, २०२०

Leave a Reply