ट्रम्पलाई तत्काल पदमुक्त गर्ने प्रयास

खबर, लेख, लेख

बोस्टन, अमेरिका
जनवरी ७, २०२१

डोनाल्ड ट्रम्प राट्रपति पदका लागि अयोग्य रहेको भन्दै उनलाई तत्काल पदमुक्त गर्नुपर्ने आवाज उठेको छ । अमेरिकास्थित विभिन्न राज्यका गभर्नर, कानूनविद्, सांसद् तथा जनप्रतिनिधिहरुले हिजोको घटनाको मुख्य कारण ट्रम्प भएकाले उनलाई थप एक दिन पनि राष्ट्रपतिका रुपमा पदमा राख्नु उचित नहुने आवाज उठाएका हुन् ।

उनीहरुले मन्त्रिपरिषद्को २५ औं संशोधनमार्फत् ट्रम्पलाई तत्काल बर्खास्त गर्न सकिने भन्दै त्यसतर्फ अग्रसर हुन आव्हान गरेका छन् ।

बुधबार क्यापिटल हिलको तनावका बेला संसद भवनभित्र सुरक्षित हुने प्रयासमा सांसदहरु । तस्विर : सिएनएन


२५ औं संशोधनले कुनै पनि कारणले वर्तमान राष्ट्रपति पदमा बस्न अयोग्य ठहर भएमा त्यस्तो व्यक्तिलाई पदमुक्त गरि उपराष्ट्रपतिले बाँकी कार्यकाल सम्हाल्न सक्ने उल्लेख छ ।

रिपब्लिकनका तर्फबाट इलिनोइस राज्यका कँग्रेस सदस्य एडम किन्जिग्नरले ट्रम्प पदमा बस्न अयोग्य भइसकेकोले उनलाई हटाउन माग गरेका छन् । उनले बिहीबार बिहान भिडियो सन्देशमार्फत् ट्रम्प अयोग्य र अस्वस्थ्य रहेको दावी समेत गरेका छन् ।

यद्यपि यो प्रक्रिया औपचारिक रुपमा संसदका दुवै सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स र सिनेटमा छलफल भई दुई तिहाईले पारित हुनु पर्नेछ । यसो भएमा वर्तमान उपराष्ट्रपति माइक पेन्स छोटो अवधिका लागि कार्यकारी राष्ट्रपति बन्न सक्ने छन् ।

गत नोभेम्बरको निर्वाचनमा डेमोक्रेटिक पार्टीका जो बाइडेन राष्ट्रपति निर्वाचित भइसकेका छन् । उनले अब १३ दिन अर्थात् जनवरी २० मा पदभार ग्रहण गरेलगत्तै ट्रम्प पदमुक्त हुँदैछन् ।

ट्रम्पलाई महाअभियोग लगाएर तुरुन्तै पदमुक्त गर्नुपर्ने पक्षमा उभिनेको संख्या बढ्दै गएपछि यो विषय अहिले अमेरिकी राजनीतिको केन्द्रमा आउन थालेको छ ।

ट्रम्पका पछिल्लो गैरजिम्मेवार अभिव्यक्ति र कार्यका कारण अमेरिकी लोकतन्त्र नै बदनाम भएको भन्दै उनकै समहूका केही पदाधिकारीले ह्वाइट हाउस छोड्न थालेका छन् । बुधबार क्यापिटल हिलमा ट्रम्प समर्थकको हुलहुज्जतका कारण भएको घटनामा चार जनाको मृत्यु भएको छ भने कैयन् घाइते छन् ।

प्रकाशित मिति : जनवरी ७, २०२१

Leave a Reply