राष्ट्रपतिको ट्वीटर एकाउन्ट पुरै खाली गरेर बाइडेनलाई हस्तान्तरण
बोस्टन, अमेरिका
जनवरी २०, २०२१
सोसल साइट ट्वीटरले अमेरिकी राष्ट्रपति र ह्वाइट हाउसको आधिकारीक ट्वीटर एकाउन्ट पुरै खाली गरेर नयाँ राष्ट्रपतिलाई हस्तान्तरण गरेको छ ।
डोनाल्ड ट्रम्पको कार्यकाल अन्त्य र नयाँ राष्ट्रपतिका रुपमा जो बाइडेनको सपथ ग्रहण बुधबार मध्यान्ह भएसँगै ट्वीटरले ती एकाउन्ट खाली गरि नयाँ टीमलाई हस्तान्तरण गरेको हो ।
अमेरिकी राष्ट्रपतिको आधिकारीक ट्वीटर ह्याण्डल २एइत्ग्क् हो । राष्ट्रपतिको उक्त ट्वीटर एकाउन्टमा ३३.२ मिलियन फलोअर्स थिए । ट्वीटरले राष्ट्रपतिको मात्र नभई ह्वाइट हाउस र यसका आधिकारीक विभागका एकाउन्ट समेत खाली गरेर बुझाएको छ । फेसबुकले भने राष्ट्रपतिको एकाउन्टसँगै फलोअर्स संख्या पनि हस्तान्तरण गर्ने बताएको छ ।
यसअघि २०१७ मा बाराक ओबामाले प्रयोग गर्दै आएका ती एकाउन्ट ट्रम्पलाई हस्तान्तरण गर्दा यस्तो गरिएको थिएन । ओबामाले सन् २०१७ मा कार्यालय छोड्दा ह्वाइट हाउसको आधिकारीक एकाउन्ट मात्र नभई उनका लाखौं अफोअर्स पनि हस्तान्तरण गर्न आग्रह गरेका थिए । र त्यतिबेला ट्वीटरले उनको यो आग्रह पालना गरेको थियो ।
ट्रम्पलाई सन् २०१७ को जनवरी २० मा यो एकाउन्ट हस्तान्तरण गर्दा झण्डै १४ मिलियन फलोअर्स थिए । ट्रम्पले पद सम्हालेलगत्तै ट्वीटर एकाउन्टमा फलोअर्स संख्या झनै बढेको थियो ।
ट्वीटर यसरी पदीय र कार्यालयको आधिकारीक ह्याण्डल एकबाट अर्काे राष्ट्रपतिलाई हस्तान्तरण गरेको यो दोस्रो पटक हो । पहिलोपल्ट ओबामाले चलाउँदै आएको एकाउन्ट ट्रम्पलाई हस्तान्तरण गरिएको थियो ।
ट्रवीटरले केही साताअघिनै यस्तो प्रक्रियाबारे बाइडेनको टीमलाई जानकारी गराएको थियो । ट्वीटरका प्रवक्ता निकोलस पासिलियोले बाइडेको टोलीसँग एकाउन्ट हस्तान्तरण नीतिबारे पहिल्यै छलफल गरिएको बताए ।
बाइडेनका डिजिटल डाइरेक्टर रोब फ्लेर्टीले भने, ‘ट्वीटरले हामीलाई जानकारी गराएको छ कि बाइडेनले यो एकान्ट शुन्यबाट सुरु गर्नुपर्नेछ ।’
राष्ट्रपति र ह्वाइट हाउसको एकाउन्टसँगै (फस्ट लेडी) प्रथम महिलाको ट्वीटर ह्याण्डल २ँीइत्ग्क् र ह्वाइट हाउसको प्रेस सेक्रेटरीको ह्याण्डल पनि शुन्यबाट सुरु हुनेछ ।
हाल जो बाइडेनको व्यक्तिगत ट्वीटरमा फलोअर्स संख्या २५.७ मिलियन छ । यस्तै उपराष्ट्रपति कमला ह्यारिसको १५.५ मिलियन फलोअर्स छन् । यस्तै ह्वाइट हाउसको २६ मिलियन फलोअर्स थिए । खाली भएपछिको केही घण्टामा यसको फलोअर्स २.३ मिलियन पुगेका छन् ।
डोनाल्ड ट्रम्पको व्यक्तिगत एकाउन्ट भने ट्वीटरले जनवरी ८ मा सधैंका लागि खारेज गरिदिएको छ । उनका ८८.५ मिलियन फलोअर्स थिए ।
प्रकाशित मिति : जनवरी २०, २०२१