जीवनको सम्भाव्यता खोज्न मंगल ग्रह पुग्यो अन्तरिक्ष यान

खबर, लेख, लेख

बोस्टन, अमेरिका
फेब्रुअरी १८, २०२१


अमेरिकी अन्तरिक्ष संस्था नासाको महत्वकाँक्षी अन्तरिक्ष यान मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । गत जुन महिनामा जमिनबाट प्रक्षेपण गरिएको यो यान सात महिना लामो यात्रापछि आज मंगल ग्रहको सतहमा सुरक्षित रुपमा अवतरण गरेको हो ।

पिर्जाभियरेन्स मार्स रोभर नाकको यो यानले मंगल ग्रहसम्म यात्रा गर्न ४७ करोड किलामिटर दुरी तय गरेको नासाले जनाएको छ । यो यानले मंगल ग्रहमा जीवको संकेत खोजी गर्ने ठानिएको छ । त्यसैले यो परियोजनालाई निकै महत्वकाँक्षी र यो अवतरणलाई अभुतपूर्व सफलताको रुपमा लिइएको छ ।

यो यानले मंगल ग्रहमा पुगेलगत्तै एक तस्वीर समेत पठाएको नासाको भनाई छ । नासाको तर्फबाट जारी गरिएको उक्त तस्वीर अहिले सर्वत्र भाइरल बनेको छ । तस्वीरमा देखिएको धमिलो दृश्य मंगल ग्रहको समथर र चट्टान क्षेत्र भएको नासाले उल्लेख गरेको छ ।

नासा मुख्यालयको अवलोकन कक्ष रमाउँदै नासाका वैज्ञानिकहरु ।

यो यान मंगल ग्रहमा अवतरण गरेपछि समग्र विश्वभरका वैज्ञानिक तथा यस विषयमा चासो राख्नेहरुमा खुशी छाएको छ । यो यान अवतरण भएलगत्तै लस एन्जलसस्थिति नासाको केन्द्रीय अवलोकन कक्षमा सहभागी वैज्ञानिकहरु खुशीले उफ्रिएका थिए ।

‘यो यान मंगल ग्रहमा अवरतरण गराउनु नै ठूलो चुनौती हो’ नासाले भनेको छ ।
सन् १९७० पछि मंगल ग्रहमा पठाइएको नासाको यो नै पहिलो महत्वकाँक्षी मिसन हो । यो यान मंगल ग्रहमा अवरतण भएको रेडियो संकेत आइपुग्न ११ मिनेट लागेको सिएनएनले जनाएको छ । यो यानको गति प्रतिघण्टा १२ हजार किलोमिटर थियो ।

मंगल ग्रहमा यो यान अवतरण गराउने अभियानका लागि नासाले २ खर्ब ७ अर्ब अमेरिकी डलर खर्च गरेको छ । यसको मुख्य उदेश्य मंगल ग्रहमा जीवनको अवशेष खोज्नु नै हो । मंगल ग्रहमा जीवन सम्भव छ भन्ने वैज्ञानिक आंकलन छ ।


प्रकाशित मिति : फेब्रुअरी १८, २०२०१

Leave a Reply