बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग नियन्त्रण गर्न नयाँ कानुनको तयारी

खबर, लेख, लेख

बोस्टन, अमेरिका

मे १७, २०२६

म्यासाचुसेट्स राज्यमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोग नियन्त्रण गर्न नयाँ कानुन ल्याउने तयारी भएको छ ।

राज्यका सांसदहरूले तयार पारेको प्रस्तावित कानुनमा १४ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाउन सकिने उल्लेख छ । यस्तै १८ वर्षमुनिका प्रयोगकर्ताका लागि समय र सुविधामा कडाइ गर्ने प्रस्ताव छ ।

म्यासाचुसेट्स हाउसको प्रस्तावले १४ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमै रोक लगाउने लक्ष्य राखेको छ।

राज्य गभर्नर माउरा हेली (Maura Healey) नेतृत्वको प्रशासनले ल्याएको प्रस्तावमा १८ वर्षमुनिका प्रयोगकर्ताका दैनिक दुई घण्टाभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्न नपाइने व्यवस्था राखिएको छ। साथै असिमित स्क्रोलिङ, अटो प्ले, लोकेशन सेयरिङ जस्ता सुविधाहरू स्वतः बन्द गरिने उल्लेख छ।

उता म्यासाचुसेट्स हाउसको प्रस्तावले १४ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमै रोक लगाउने लक्ष्य राखेको छ।

सामाजिक सञ्जालले किशोर–किशोरीको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारेकाले यस्तो कदम आवश्यक भएको नयाँ कानूनका समर्थकहरुको भनाई छ ।

तर दुवै प्रस्तावमा उमेर प्रमाणित गर्ने (age-verification system) प्रणाली अनिवार्य बनाइएकाले कानुनी विवाद हुने सम्भावना छ। यसअघि अमेरिकाका अन्य राज्यहरूमा पनि यस्तै कानुन ल्याउने प्रयासलाई चुनौती दिंदै अदालतमा मुद्दा परेका थिए ।

Arkansas, Georgia, Florida र Mississippi मा सामाजिक सञ्जाल प्रतिबन्धसम्बन्धी कानुनविरुद्ध मुद्दा दायर भएका थिए। कतिपय कानुन अदालतले अस्थायी रूपमा रोक पनि लगाएको थियो।

NetChoice नामक सामाजिक सञ्जाल कम्पनीहरूको समूहले यस्ता कानुनले अभिव्यक्ति स्वतन्त्रता उल्लंघन गर्ने र नागरिकको निजी जानकारी जोखिममा पार्ने दाबी गरेको छ। यस समूहमा Meta, Snap Inc., Reddit र YouTube लगायत कम्पनी छन्।

विश्वभर सामाजिक सञ्जाल प्रयोगकर्तामध्ये ठूलो हिस्सा बालबालिका तथा किशोर–किशोरीको छ। विभिन्न अध्ययनअनुसार करिब २० देखि २५ प्रतिशत सामाजिक सञ्जाल प्रयोगकर्ता १८ वर्षमुनिका छन्।

डिजिटल अधिकारकर्मी Evan Greer ले उमेर प्रमाणीकरण प्रणालीले गोपनीयता र सुरक्षामा खतरा बढाउने भन्दै म्यासाचुसेट्सको कानुन पनि अदालतमा चुनौती हुने निश्चितजस्तै रहेको बताएकी छन्।

तर राज्य सरकार भने आफ्नो प्रस्ताव अदालतमा टिक्ने दाबी गरिरहेको छ। गभर्नर हिलीका सल्लाहकारहरूले अन्य राज्यको भन्दा म्यासाचुसेट्सको प्रस्ताव फरक र कानुनी रूपमा बलियो रहेको बताएका छन्।

प्रस्तावित कानुनअनुसार उमेर प्रमाणीकरणका लागि संकलन गरिएको व्यक्तिगत जानकारी अन्य प्रयोजनमा प्रयोग गर्न पाइने छैन र उमेर पुष्टि भएपछि १० दिनभित्र मेटाउनुपर्ने व्यवस्था राखिएको छ।

विश्वभर सामाजिक सञ्जाल प्रयोगकर्तामध्ये ठूलो हिस्सा बालबालिका तथा किशोर–किशोरीको छ। विभिन्न अध्ययनअनुसार करिब २० देखि २५ प्रतिशत सामाजिक सञ्जाल प्रयोगकर्ता १८ वर्षमुनिका छन्।

UNICEF र Pew Research Center का अध्ययनले अधिकांश किशोर–किशोरी दैनिक रूपमा TikTok, Instagram, Snapchat र YouTube जस्ता प्लेटफर्म प्रयोग गर्ने देखाएका छन्।

बालबालिकाले अत्यधिक समय सामाजिक सञ्जालमा बिताउँदा मानसिक, शैक्षिक र सामाजिक विकासमा असर गर्न थालेको अध्ययनहरुले देखाएका छन् ।

परिवारसँग संवाद कम हुने, अभिभावकसँग दूरी बढ्ने, एक्लोपन र चिडचिडापन बढ्ने, वास्तविक साथीभन्दा अनलाइन सम्बन्धमा बढी निर्भर हुने, सामाजिक व्यवहार कमजोर हुने, साइबर बुलिङको जोखिम बढ्ने, पढाइमा ध्यान केन्द्रित गर्न कठिन हुने, गृहकार्य र अध्ययन समय घट्ने, परीक्षाको नतिजा कमजोर हुन सक्ने, निद्रा बिग्रिने, मोटोपन, शारीरिक गतिविधि कम हुने, तनाव, चिन्ता, डिप्रेसन जस्ता असर देखिएको उल्लेख छ ।

विशेषज्ञहरूका अनुसार सीमित र निगरानीसहितको प्रयोगले फाइदा दिन सक्छ, तर अत्यधिक प्रयोगले बालबालिकाको समग्र विकासमा नकारात्मक प्रभाव पार्ने खतरा बढिरहेको छ।

नोट : Cambridge Chronicle को सहयोगमा तयार पारिएको सामग्री ।