इतिहासमा आजः जुन ७

slider, लेख, लेख

१. सन् १९७५ मा क्रिकेट विश्वकप (आधिकारीक रुपमा प्रुडेन्सियल कप) आजकै दिन सुरु भएको थियो । ७ जुनमा सुरु भई २१ जुनसम्म बेलायतमा भएको यो प्रतियोगितामा आयोजक बेलायतसहित पूर्वी अफ्रिका, वेस्ट इन्डिज, भारत, पाकिस्तान, श्रीलङ्का, अस्ट्रेलिया, न्यूजिल्यान्ड सहभागी थिए । म्याच ६० ओभरमा खेलाइएको थियो ।

२. सन् २००२ मा सेरेना विलियम्सले पहिलोपल्ट फ्रेन्च ओपन टेनिस जितेकी थिइन् । उनले आफ्नै बहिनी भेनसलाई हराएर यो उपाधि जितेकी हुन् ।

३. वल्र्ड वाइड वेब (www) का आवष्किकारक बेलायती कम्प्युटर वैज्ञानिक टिम बर्नर्स लीको जन्म आजकै दिन सन् १९५५ मा भएको हो ।

बेलायती कम्प्युटर वैज्ञानिक टिम बर्नर्स ली

४. सन् १९६२ मा मेडिसिनतर्फको नोबेल पुरस्कार बिजेता बेलायती वैज्ञानिक फ्रान्सिस क्रिक आजकै दिन जन्मेका थिए । उनको निधन सन् २००४ मा अमेरिकामा भयो ।

५. इस्लाम धर्म र मुस्लिम समुदायका संस्थापक मुहम्मदको निधन आजकै दिन सम्बत् ६३२ मा मदिनामा भएको हो । उनको जन्म सम्बत् ५७० भएको कुरानमा उल्लेख छ ।

६. संसारको सबैभन्दा सानो देश भनेर चिनिने भ्याटिकन सिटी सन् १९२९ मा आजकै दिन स्वतन्त्र राष्ट्रको रुपमा स्थापित भएको हो । यूरोप महादेशमा पर्ने यो देश इटालीको रोमभित्र रहेको छ । भ्याटिकन सिटीमा अस्पताल नभएकोले यहाँ कोही पनि जन्मन सक्दैन, अर्थात् भ्याटिकनको स्थायी नागरिकता छैन ।

भ्याटिकन सिटी

७. रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आजकै दिन सन् २०१३ मा राष्ट्रिय टेलिभिजनमार्फत् आफ्नी पत्नीसँग सम्बन्ध बिच्छेद्को घोषणा गरेका थिए ।

स्रोतः गुगल र अन्य इन्टरनेट साइट