टेलर स्वीफ्ट ‘टाइम वर्षव्यक्ति’ घोषित, संसारकै पाँचौं शक्तिशाली महिला

slider, खबर, लेख, लेख

डिसेम्बर ६, २०२३

अमेरिकी गायिका टेलर स्वीफ्टलाई सन् २०२३ असाध्यै फापेको छ । यसैवर्ष उनको बहुचर्चित इरास टूर भव्य भयो । यसैवर्ष उनी अर्बपति घोषित भइन् । यति मात्रै होइन, विश्वका कैयन् शक्तिशाली व्यक्तिहरुको सूचीलाई पछि पार्दै टेलर टाइम वर्षव्यक्ति समेत बनिन् ।


उनको इरास टूरले त सांगीतिक रुपमा मात्र नभई आर्थिकरुपमा समेत उछाल ल्याएको भन्दै विश्वव्यापी चर्चा पायो ।

म्यागजिनका प्रधान-सम्पादक साम ज्याकब्सले अमेरिकी पप आइकन रहेकी स्वीफ्ट आफ्नो कथाको नायक र लेखक दुबै रहेको बताए । ‘स्वीफ्टले सीमाना पार गरेकी छिन् र उनी प्रकाशको स्रोत समेत हुन्’ उनले भने ।

इरास टूरले बक्सअफिस रेकर्ड तोड्यो । टिकट मास्टरको साइट नै अवरुद्ध हुँदा यो विषय अमेरिकी संसदमा बहसको विषय समेत बन्यो । उनको कन्सर्टलाई अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, जलवायु अभियन्ता ग्रेटा थनबर्ग लगायतले पछ्याए ।

उनले म्यागजिनलाई भनेकी छन्- मैले अहिलेसम्म महसुस गरेको सबैभन्दा गर्व र खुसीको क्षण हो यो ।’

म्यागजिनका प्रधान-सम्पादक साम ज्याकब्सले अमेरिकी पप आइकन रहेकी स्वीफ्ट आफ्नो कथाको नायक र लेखक दुबै रहेको बताए । ‘स्वीफ्टले सीमाना पार गरेकी छिन् र उनी प्रकाशको स्रोत समेत हुन्’ उनले भने ।

सोमबार टाइम म्यागजिनले उपाधिका लागि नौ उम्मेदवारको छोटो सूची घोषणा गरेको थियो जसमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, बार्बी र हलिउडका चर्चित कलाकार र लेखक थिए ।

यसवर्ष स्वीफ्टको इरास टूरमा आधारित कन्सर्ट फिल्म रिलिज भयो जसले विश्व बक्सअफिसमा २४९ मिलियन डलर कमायो । स्विफ्ट १९८९, मिडनाइट्स, फोकलोर, लभर एन्ड स्पिक नाउको साथमा एकै साथ पाँचवटा एल्बम शीर्ष १० मा समेटिने पहिलो जीवित कलाकार बनिन् ।

उनी सर पल म्याककार्टनी र लियोनेल रिचीलाई पछि पार्दै वर्षको गीतको लागि सात ग्रामी नामांकन प्राप्त गर्ने पहिलो गीतकार बनिन् । उनको भ्रमणलाई स्पोटीफाइ र एप्पल म्युजिकको इतिहासमा सबैभन्दा धेरै स्ट्रिम गरिएको महिला कलाकारको रूपमा नाम दिइएको छ ।

गत महिना उनलाई व्यावसायिक प्रकाशन ब्लूमबर्गले अर्बपति घोषित गरेको थियो जसले उनको कुल सम्पत्ति १.१ बिलियन डलर अनुमान गरेको थियो । अहिले तीन संगीतकर्मी रिहाना, बियोन्से र जे जेड मात्र अर्बपतिको सूचीमा छन् ।

यद्यपि, स्विफ्ट मात्र संगीतमा आधारित अर्बपति हुने पहिलो महिला हुन् । उनका प्रतिस्पर्धी सेलेव्रिटीले फेसन, सौन्दर्य उत्पादन र हाई–फाई उपकरणमा व्यापार उद्यम चलाउँदै आएका छन् ।

फेब्रअरीमा आफ्नो इरास टूरको एसियाली र अष्ट्रेलियाली कार्यक्रम थाल्नुअघि उनी अहिले विश्राममा छिन् ।

संसारकै पाँचौं शक्तिशाली महिलाको सूचीमा

गायिका टेलर स्वीफ्ट संसारकै पाँचौं शक्तिशाली महिला घोषित भएकी छन् । फोर्ब्स म्यागजिनले बुधबार सार्वजनिक गरेको सन् २०२३ को सूचीमा उनले यो उपलब्धि हासिल गरेकी हुन् ।

सूचीको शीर्षस्थानमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन छिन् । दोस्रोमा युरोपेली केन्द्रीय बैंककी अध्यक्ष क्रिस्टिन लागार्ड, तेस्रोमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, चौथोमा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी छन् ।

मनोरञ्जन क्षेत्रबाट भने टेलर स्वीफ्ट सबैभन्दा अघि देखिएकी हुन् । यसै वर्ष फोर्ब्सले उनलाई आधिकारिक रुपमा अर्बपति घोषणा गरेको थियो । म्यागजिनका अनुसार स्वीफ्टको कुल सम्पत्ति १.१ बिलियन अमेरिकी डलर छ ।

शक्तिशाली महिलाको सूचीमा गायिका बियोन्से ३६ औं स्थानमा छिन् । अघिल्लो वर्ष ८० औं स्थानमा रहेकी बियोन्से ४४ स्थान माथि उक्लिएकी हुन् । गत फेब्रुअरीमा बियोन्से सर्वाधिक ग्रामी अवार्ड जित्ने गायिका घोषित भएकी थिइन् ।

गायिका रिहाना ७४ औं स्थानमा छिन् । रिहानाको कुल सम्पत्ति १.४ बिलियन डलर छ । गत जुनमा यी तीन जना अमेरिकी गायिकालाई फोर्ब्स अमेरिकाका धनी सेल्फमेडको सूचीमा राखेको थियो । टेलिभिजन पर्सनालिटी ओफ्रा विन्फ्रे ३१ औं स्थानमा छिन् ।

https://time.com/6342806/person-of-the-year-2023-taylor-swift/

https://www.bbc.com/news/entertainment-arts-67638424

स्रोत : विभिन्न अनलाइन, गुगल ।