कथा-सुनको घडी

कथा, लेख, लेख

मनोज-

………………………

……….म दुई तीनवटा गल्ली हुँदै भित्री बस्तीमा पुगेँ । एउटा सुन्तले रंगको घर अगाडि पुगेर मेरा पाइला स्वचालित रुपमा टक्क अडिए । त्यही घरको भुइँ तल्लामा मेरो आँखा ठोक्कियो । बन्द झ्याल अनि फुलबुट्टे पर्दा चिनिहालें । एकछिन यत्तिकै अल्मिलिएर उभिएँ । सामुन्ने फलामे सानो गेट थोरै खुलेको थियो ।

भित्र छिर्ने आँट आएन । कुनै साइनो यो घरसँग छँदै थिएन मेरो । न आफ्नो डर, न डेरा । न आफ्ना कोही परिचित बस्थे यहाँ । के गरौं, कसो गरौं मन भो एकछिन । म किन खुरुखुरु यहाँ आइपुगँे भनेर हल्का ग्लानी भो ।

केही दिनअघि पहिलोपल्ट कसैको मोटरसाइकलमा बसेर यहीं आउँदाको क्षण सम्झेर झन् धेरै ग्लानी भो । कतै थिचेको, कतै टोकेको, कतै घोचेको यस्तै यस्तै क्षणहरु याद बनेर आइरहे । एकाएक आँखा सररर् भरिए । आँशु बररर् झरे । धन्न, यो मन रोएको कसैले सुनेन र आँशु झरेको कसैले देखेन ।

‘कसलाई खोज्नु भो नानी ?’ तेस्रो तल्लाको कौशीबाट कसैले भुईँतिर हेरेर सोध्यो ।

म एकोहोरो तर्कनाबाट झस्केर हत्तपत्त बोलें, ‘डेरा खाली छ कि आमा ।’चोरी गर्दागर्दै कसैले देखेजस्तो थुरुथुरु भए मेरा हात–गोडा । तैपनि निर्दाेष सावित गर्न मैले डेरा खोजेको बहानामा एउटा झुट बोलें ।

एकमन लाग्यो फरक्क फर्केर जाउँ । अर्काे मनले भन्यो, ‘यहाँसम्म आएपछि घडी त लिएर जा ।’ के थाहा, मेरो घडी मैलाई पर्खेर बसेको छ कि ? यहाँबाहेक अन्यत्र घडी खसेको छैन भन्नेमा पक्का भएरै मेरो मनले यता डो¥याएको हुनुपर्छ पाइलाहरु ।

‘ए, छैन नि नानी । कतिजना बस्नी हो र ?’ बुढी आमाले फेरि सोधिन् ।

‘म एक्लै ।’ मैले फेरि झुट बोलिदिएँ ।‘ऊ त्यो छेउको निलो घरमा छ कि । अस्तिसम्म खाली थ्यो त्याँ ।’ बुढीआमैले मप्रति दया राख्दै सूचना दिइन् ।

‘यहाँ तल कोठामा बस्ने कोही हुनुहुन्न अहिले ?’ मैले डेरा होइन अर्थाेकै खोजेको जनाउ दिएँ ।

‘ए, परलाद् बाबु पो खोज्नु भ’को । जिल्ला गा छन् उनी । अर्काे महिना पो आउँछन् । केही थ्यो र नानी ?’ अब बुढीआमा जिज्ञासु बनिन् ।

‘यत्तिकै सोधेको आमा । ल जान्छु है ।’ मैले मेरो घडी यही कोठाभित्र छ, लिएर जान्छु भन्न सकिन । फरक्क फर्किएर हिंडे । मेरो घडीले मैले बोलेको सुन्यो होला तर भेट्न भने पाएन ।

‘खै, डेरा खोज्या हो कि मान्छे खोज्या हो ? आफैं अलमलमा रछिन् बरा ।’ बुढीआमा फत्फताउँदै भित्र छिरिन् ।

………………..

(पूराअंश कथामा हुनेछ)

प्रकाशित मिति: डिसेम्बर २१