ट्रम्पविरुद्ध दोस्रोपल्ट महाअभियोग

खबर

बोस्टन, अमेरिका
जनवरी १३, २०२१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध चार वर्षे कार्यकालमा दोस्रोपल्ट महाअभियोग प्रस्ताव गरिएको छ । संसद्मा यस प्रस्तावमाथि बुधबार बिहानबाट छलफल चलिरहेको छ । अमेरिकी इतिहासमा दुईपल्ट महाअभियोग सामना गर्ने ट्रम्प पहिलो राष्ट्रपति हुन् ।

ट्रम्पले पहिलोपल्ट १३ महिनाअघि महाअभियोग सामना गरेका थिए । यद्यपि उक्त महाअभियोग सिनेटबाट दुई तिहाई मत नपुग्दा अस्वीकृत भएको थियो ।

डेमोक्रेटिक पार्टीका तर्फबाट ट्रम्पलाई बाँकी कार्यकाल अगावै पदमुक्त गर्ने प्रयासस्वरुप महाअभियोग प्रस्ताव गरिएको । ट्रम्पको कार्यकाल अब एक साता मात्र बाँकी छ ।

गत साता क्यापिटल हिलमा ट्रम्पको उक्साहटमा उनका समर्थकले हुलदंगा गरेपछि अहिले यो अवस्था आएको हो ।

गत बुधबार संसदका दुवै सदन चलिरहेको बेला उनका समर्थकले हुलदंगा गरेपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।

ट्र्रम्प राष्ट्रपति पदका लागि अयोग्य रहेको भन्दै उनलाई तत्काल पदमुक्त गर्नुपर्ने आवाज उनकै पार्टी रिपब्लिकनदेखि विभिन्न राज्यका गभर्नरहरुसम्मले उठाएका छन् ।

ट्रम्पलाई मन्त्रिपरिषद्को २५ औं संशोधन प्रयोग गरि तत्काल बर्खास्त गर्न तल्लो सदनले मंगलबार औपचारिक आग्रह गरे पनि उपराष्ट्रपति माइक पेन्सले अस्वीकार गरेका छन् । २५ औं शंसोधन मार्फत् ट्रम्पलाई तत्काल पदमुक्त गर्ने प्रक्रिया अघि नबढेपछि बुधबार उनीविरुद्ध महाअभियोगको प्रक्रिया सुरु भएको हो ।

प्रकाशित मिति : जनवरी १३, २०२१

Leave a Reply