विश्वकै ठूलो चिठ्ठा आज

खबर, लेख, लेख

अमेरिका, ७ नोभेम्बर

अमेरिकामा आज अर्थात् नोभेम्बर ७ मा विश्वकै ठूलो राशीको चिठ्ठा खोलिंदैछ । साताको तीन दिन खुल्ने यो चिठ्ठा विगत तीन महिनायता कसैलाई परेको छैन । अहिले यो झण्डै दुई बिलियन डलर राशीको हुन पुगेको छ ।

लगातार ४१ पटकसम्म कसैलाई नपरेपछि ४२ औं पटकमा आइपुग्दा चिठ्ठाको आकार १ दशमलब ९ बिलियन डलर पुगेको हो । गत अगस्ट ३ पछि कसैलाई पावरवलको ज्याकपट परेको छैन ।यो अहिलेसम्म विश्वमै सबैभन्दा ठूलो राशीको चिठ्ठा हो ।


गिनिज बुक अफ रेकर्डमा यसअघि १ दशमलब ५८६ बिलियन डलर राशीको ज्याकपट खोलिएको थियो । यो सन् २०१६ को जनवरीमा अमेरिकाका तीनजनाले संयुक्त रुपमा जितेका थिए ।
चिठ्ठा बिजेताले अमेरिकी कानून अनुसार संघीय सरकार, राज्य सरकार, स्थानीय नगरलाई नियमानुसार छुट्टाछुट्टै कर तिर्नुपर्छ । पावरबल चिठ्ठा अमेरिकाका ४५ राज्यमा खेल्न पाइन्छ । हरेक चिठ्ठाको मुल्य जम्मा २ डलर रहेको छ । र एकजनाले जति पनि चिठ्ठा किन्न सक्छ ।

चिठ्ठा खेल्न आफुले रोजेको नम्बर छनोट गर्ने वा स्वचालित नम्बर लिने भन्ने व्यक्तिको ईच्छामा भर पर्छ । हरेक हप्ताको सोमबार, बुधबार र शनिबार खोलिने यो चिठ्ठा टेलिभिजन वा इन्टरनेटमार्फत् लाइभ हेर्न सकिन्छ ।