तपाईंले आजको खग्रास चन्द्रग्रहण हेर्नु भो ?

खबर, लेख, लेख

बोस्टन, अमेरिका नोभेम्वर ८

आज खग्रास चन्द्रग्रहण लाग्यो । नेपाली समयअनुसार साँझ ५:११ मा सुरू भई ग्रहण ६:३४ मा समाप्त भएको छ।

सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण नेपालबाट मात्र नभई दक्षिण अमेरिका, युरोप, एसिया, अस्टेलियाबाट समेत देखिएको छ । पृथ्वीको छायाँ चन्द्रमामा परेका बेला यस्तो ग्रहण देखिने गर्छ ।ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो ।

चन्द्रग्रहण के हो?

सामान्यतया ग्रहण दुई किसिमका हुन्छन् सूर्यग्रहण र चन्द्रग्रहण।पृथ्वी, चन्द्रमा र सूर्य एउटै सीधा रेखामा पुग्दा बीचमा रहेको पृथ्वीको छायाँले चन्द्रमालाई ढाक्ने अवस्था नै चन्द्र ग्रहण हो ।


तर, ग्रहण लाग्दा सूर्य वा चन्द्रमाको कति भागमा छायाँ पर्छ भन्ने आधारमा यसको प्रकार छुट्टाइएको हुन्छ । चन्द्रग्रहण खग्रास र खण्डग्रासगरी दुई किसिमका हुन्छन्। चन्द्रमाको कुनै पनि प्रकाश पृथ्वीमा आउन नसक्ने गरी छायाँ परे त्यसलाई खग्रास चन्द्रग्रहण भनिन्छ। यस्तो अवस्थामा “चन्द्रमा सुन्तला र गुलाबी रङ मिश्रित देखिन्छ। यसलाई रक्तिम वा ब्लड मून पनि भनिन्छ।

खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा र सूर्य पृथ्वीको ठिक विपरीत स्थानमा हुन्छन्।
नासाका अनुसार खण्डग्रास चन्द्रग्रहण वर्षमा दुईपल्ट देखिन्छ । खग्रास चन्द्रग्रहण भने दुर्लभ हुन्छ।

तस्विर : गुगल