ह्वाइट हाउस फर्किए ट्रम्प

खबर

बोस्टन, अमेरिका
असोज २०, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना संक्रमण भएपछि तीन दिन अस्पताल बसेर सोमबार ह्वाइट हाउस फर्किएका छन् । ट्रम्पलाई गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनी सोही दिन वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टर भर्ना भएका थिए ।

ट्रम्पको स्वास्थ्य अवस्थालाई लिएर अनेक अड्कलबाजी र चिन्ता भइरहेका बेला उनी सोमबार ह्वाइट हाउस फर्किएका हुन् । उनको थप उपचार विशेषज्ञ टोलीद्धारा ह्वाइट हाउसमै हुने अमेरिकी मिडियाहरुले जनाएका छन् ।
ट्रम्पले अस्पतालबाटै ट्वीट गरि आफु आजै ह्वाइट हाउस फर्कने पूर्व सूचना दिएका थिए । उनले आफु छिटै निको हुने र चुनावी अभियानमा लाग्ने समेत उल्लेख गरेका छन् । अर्काे महिना अर्थात् नोभेम्बर ३ मा अमेरिकी राष्ट्पतिको निर्वाचन हुँदैछ ।

ट्रम्पले कोरोना भाइरसलाई पहिल्यैदेखि नक्कली भाइरस समेत भन्दै हल्का रुपमा टिप्पणी गर्दै आएका थिए ।

प्रकाशति मिति: असोज २०, २०७७

Leave a Reply