ट्रम्पको ट्वीटर र फेसबुक तत्कालका लागि बन्द

खबर

बोस्टन, अमेरिका
जनवरी ६, २०२१

ट्वीटर कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकान्उट कम्तिमा १२ घण्टाका लागि बन्द गरेको । ट्रम्पको एकाउन्ट बन्द गर्नुका साथै उनका आजका केही ट्वीटहरु समेत डिलिट गरिदिएको ट्वीटरले जनाएको छ ।

फेसबुकले पनि ट्रम्पद्धारा सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका र नियम उल्लंघन गरेकाले उनको एकाउन्ट २४ घण्टा बन्द गरिदिएको छ जनाएको छ ।

पराजित भएपछिको रोष र दम्भलाई ट्रम्पले हिंसात्मक बनाउन खोज्दा बुधबार अमेरिकी संसद भवनमाथि उनी समर्थकहरुले अराजकता प्रदर्शन गरेका थिए । ट्रम्पले बाँकी रहेका केही ट्वीट आफैं नहटाए ट्वीटरको सञ्जालमै प्रतिबन्ध लगाउने ट्रवीटरले चेतावनी दिइएको छ ।

यस्तै फेसबुक र युट्यूबले पनि ट्रम्पले बुधबार राखेका केही पोष्ट र भिडियोहरु हटाइदिएका छन् । सामाजिक सञ्जाल कम्पनीहरुले तोकिएका निर्देशिका र नियमको गम्भीर उल्लंघन गरेकाले उनमाथि कारबाही गर्नु परेको उल्लेख गरेका छन् ।

यसअघि पनि ट्वीटरले ट्रम्प पदबाट हटेलगत्तै उनको एकाउण्ट बन्द गर्नेबारे सोचेको खबर सार्वजनिक भएको थियो । ट्रम्पले लगातार ट्वीटरको निर्देशिका उल्लंघन गरे जनवरी २० देखि उनको एकाउण्ट बन्द गरिने ट्वीटरको प्रवक्ताले चेतावनी दिएको फोब्र्सले केही साताअघि उल्लेख गरेको थियो ।


प्रकाशित मिति : जनवरी ६, २०२१

Leave a Reply