बाइडेन आइपुगे वासिंङ्टन, डेलावरमा भावुक बिदाई

Uncategorized, खबर, लेख, लेख

बोस्टन, अमेरिका
जनवरी १९, २०२१

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन मंगलबार दिउसो राजधानी वासिंङ्टन डिसी आइपुगेका छन् । बाइडेन आफ्नो परिवारसहित गृह राज्य डेलावरबाट दिउसो बिदाई भएका हुन् । बिदाई समारोहमा बाइडेनले भावुक सम्बोधन गरेका थिए ।

गत नोभेम्बर ३ को निर्वाचनमा राष्ट्रपतिका रुपमा चुनिएका पूर्वउपराष्ट्रपति बाइडेनले भोलि बुधबार अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा सपथ लिंदैछन् । बाइडेनसँगै अमेरिकी इतिहासमै पहिलो महिला उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसको उदय हुँदैछ ।

बाइडेन इतिहासकै अँध्यारो र गम्भिर क्षणमा राष्ट्रपतिका रुपमा ह्वाइट हाउस छिर्न लागेको सिएनएनले लेखेको छ । अमेरिकाले एक वर्षयता कोरोना महामारीको सबैभन्दा कठोर अवस्था सामना गरिरहेको छ ।

यस्तै आफ्नो हार नस्वीकारेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्तेजक व्यवहारका कारण दुई साताअघि क्यापिटल हिलमा हुलदंगा भएपछि अमेरिकाको समग्र भविष्यमाथि चिन्ता छाएको छ ।

गत नोभेम्बरको निर्वाचनमा कुल ५३८ इलेक्टोरल मतमध्ये बाइडेनले ३०६ र ट्रम्पले २३२ मत पाएका थिए ।


प्रकाशित मिति : जनवरी १९, २०२१

Leave a Reply