कविता -विषाएकी तिमी

Uncategorized, कबिता, लेख, लेख, साहित्य

  • मनोज अधिकारी


मलाई थाहा छ तिमी रिसाएकी छौ
थाहा छैन किन विषाएकी छौ
बचनको झटारो हिर्काएकी छौ
आग्रहका याचना मिल्काएकी छौ

मलाई थाहा छ तिमी रिसाएकी छौ
थाहा छैन किन विषाएकी छौ !

सम्बन्धको भरोसा भत्काएकी छौ
विश्वासको विनम्रता लत्याएकी छौ
खै कुन्नी, कसलाई आजकल पत्याएकी छौ
जे बोल्न छुट, जे गर्न पनि छुट
एकलौटी अधिकार हत्याएकी छौ

मलाई थाहा छ तिमी रिसाएकी छौ
थाहा छैन किन विषाएकी छौ !!

समाप्त

Sketch Credit: Getty Images/iStockphoto