स्कुले जीवन स्मरण : १

कथा, लेख, लेख

मैले नेरास मावि पौँदी अमराई गुल्मीमा कक्षा ५ मा पढ्दा एउटा बिषयको गुरु अहिलेको उच्च माविको प्राचार्य आदरणिय गुरु चिरन्जिबी थापा हुनुहुन्थ्यो!विद्यार्थीले केही गल्ती गर्दा सजायँ दिने तरिका पनि उहाँको अलि फरक शैलीको थियो !

दुई वा दुई भन्दा बढी विद्यार्थीलाई सजायँ दिनुपर्ने अवस्थामा विद्यार्थी आफु-आफुमा एक अर्काले गालामा थप्पड हान्न लगाउने !एक पटक प्रिय साथी नारायण थापा (सिम्लारुखे नारन) र म परियो ! चिरन्जिबी सरले त्यहीँ सजायँको बिधी अपनाउनु भयो, पहिले हान्ने पालो मेरो ! खै किन हो कुन्नी ? या आफुले सुस्त हाने उसले पनि सुस्त हान्ला भनेर हो कि ? उसलाई दुख्ला भनेर हो कि ? हात कमाएर एक थप्पड हल्का हानेँ ! तर गुरुलाई चित्त बुझेन क्यारे फेरी हान्न लगाउनु भयो, फेरी पनि अलिकती बल त प्रयोग भए होला तर दुख्ने गरी चाँही हानिन !

त्यसपछी आफ्नो गाला थाप्ने पालो आयो, नारनले कँसेर हान्यो ! रुन चाँही रोइएन तर मरम राम्रै पर्‍यो ! तत्कालका लागि त्यो सामान्य सजाँयको घटना थियो, सकियो ! मलाई अहिले त्यतीबेलाको परिस्थिती गुरुले कसरी लिनु भएहोला ?

त्यो साथीले के महशुस गरेको थियो होला?मेरो मन किन त्यस्तो भयो होला?यी कुरा याद आउछन! स्मरण कथा सकियो!श्रदेय गुरुलाई प्रणाम्! त्यो पात्र साथी नारनलाई सम्झना! यो पढिदिनुहुने हजुरहरु सबैलाई धन्यवाद🙏
पुनश्च :-मेरो स्कुले जीवनमा केही आदरणिय गुरुहरु र प्रिय साथीभाईसँगका केही स्मरणहरु छन,समय अनुकुल बिस्तारै राख्नेछु !)आफ्ना कुराहरु पनि राख्न अल्छी नगरनुस् ल !

#शुभ_समय

विष्णु गिरी
हाल, जापान