कमला ह्यारिसले लगाइन् खोप

खबर

बोस्टन, अमेरिका
डिसेम्बर, २९, २०२०

कोरोना भाइरसविरुद्ध खोप सुरुवातको दोस्रो साता चल्दै गर्दा अमेरिकामा लाखौंले यो खोप लगाइसकेका छन् । दैनिक खोप लगाउनेको संख्या निरन्तर बढ्दो छ ।

यससँगै खोपको अनुमति पाएका दुई अमेरिकी कम्पनी फाइजर र मोडेर्नाले खोपको उत्पादन र आपूर्ति पनि बढ्दै लगेका छन् । आगामी केही सातादेखि ठूलो मात्रामा खोप उपलब्ध हुने उनीहरुको भनाई छ ।

यसै क्रममा नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले मंगलबार बिहान कोरोना भाइरसविरुद्धको खोप लगाइन् । उनले वासिंटन डिसीस्थित युनाइटेड मेडिकल सेन्टरमा मोडेर्नाको पहिलो डोज लिएकी हुन् ।

यसअघि उच्च राजनीज्ञि एवं उच्च अधिकारीहरुझैं उनले खोप लगाउँदा पनि टेलिभिजनहरुमा प्रत्यक्ष प्रशारण गरिएको थियो । खोप लगाएपछि नवनिर्वाचित उपराष्ट्रपति ह्यारिसले आफुले सबैला ई यो खोप लिनका लागि प्रोत्साहन गर्न चाहेको प्रतिक्रिया दिइन् ।

ह्यारिसले आगामी महिना जनवरी २० बाट पहिलो अमेरिकी महिला उपराष्ट्रपतिको पदभार ग्रहण गर्दैछिन् ।ह्यारिसका पति डग एम्हफले पनि खोप लिएका छन् ।

“म वैज्ञानिकहरुलाई पूर्ण विश्वास गर्छु । यी खोप वैज्ञानिकका विकास हुन् र अनुमोदित भएका छन् ” उनले भनिन् ।

यसअघि नवनिर्वाचति राष्ट्रपति जो बाइडेन र उनकी पत्नी जिल बाइडेनले डिसेम्बर २१ मा कोरोना भाइरसविरुद्धको खोप लगाएका थिए । यस्तै अमेरिकी उपराष्ट्रपति माइक पेन्स, सिनेटकी सभामुख न्यान्सी पेलोसी, अमेरिकी सरकारका उच्च स्वास्थ्य अधिकारी डा.एन्थोनी फाउची लगायतले खोप लगाइसकेका छन् ।

प्रकाशित मिति : डिसेम्बर २९, २०२०

Leave a Reply