११२ वर्षकी बृद्धालाई कोरोना खोप

खबर

बोस्टन, अमेरिका
डिसेम्बर ३१, २०२०


मासाचुट्सेस राज्यको बोस्टन नजिकै एक सय १२ वर्षकी बृद्धालाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ ।
मासाचुट्सेस राज्यकै जेष्ठ नागरिक हेजल प्लम्मरलाई बुधबार यो खोपको पहिलो डोज दिइएको हो ।

अहिलेसम्म कोरोना खोप लगाउने उनी सम्भवत् सबैभन्दा जेष्ठ नागरिक हुन् । उनलाई लिटलटनको लाइफ केयर सेन्टरमा खोप दिइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यो बोस्टन सहरबाट करिब ४० माइल उत्तरतर्फको सानो सहर हो ।

फोटो स्रोत : WCVB


फाइजर र मोडेर्नाको खोप अनुमोदन भएलगत्तै अमेरिकामा दुई सातायता कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्य तीब्र पारिएको छ ।

Leave a Reply