अब फेसबुकमा समाचार देखिने छैन….

खबर, लेख, लेख

बोस्टन, अमेरिका
फेब्रुअरी १७, २०२१

चासो : के संसारभर अब यस्तै हुन सक्छ ?
अष्ट्रेलिया : सक्छ, यो सुरुवात हो ।

अष्ट्रेलियामा बिहीबार बिहान उठ्दा आममानिसले आफ्नो फेसबुक वालमा ठूलो परिवर्तन देख्ने छन् । फेसबुकमा कुनै पनि समाचार पढ्न, पोष्ट गर्न र सेयर गर्न नमिल्ने परिवर्तन देख्दा धेरैलाई आश्चर्य पनि लाग्नेछ ।

आजैबाट सुरु हुने यस्तो नयाँ फिचरले अष्ट्रेलियाबासी छक्क पर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनीहरुका फेसबुकमा अष्ट्रेलिया तथा सिंगो विश्वका कुनै पनि समाचार नदेखिने गरि बन्द गरिएको फेसबुकले जनाएको छ ।

सोसल साइटमा हरेक मिडियाका समाचार क्षणभरमै पोष्ट तथा सेयर हुँदै जाने र उनीहरुले लोकप्रियतासँगै आर्थिक लाभ समेत उठाउने सरकारी तर्क छ । अर्कातिर समाचार उत्पादनका लागि स्थापित मिडिया तथा सिंगो पत्रकारिता क्षेत्र भने चरम आर्थिक अभाव झेल्दै सुकेर जानु पर्ने अवस्थाको सृजना भएको छ ।

आममानिसहरु आजकल प्रायः कुनै समाचार साइटहरु खोजी खोजी हेर्दैनन् । उनीहरु फेसबुक लगायत सोसल साइटमा पोष्ट तथा सेयर गरिएका सामग्रीका आधारमा समाचारहरुसम्म पुग्ने गर्छन् । यस्ता मानिस तत्काल यो परिवर्तनबाट प्रभावित हुने छन् ।

अहिले संसारभर सोसल साइटहरुमा मुलधारका सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण हुने समाचार सागम्री पोष्ट तथा सेयर हुँदै आएको छ । बीना शुल्क यसरी अरुका समाचार पोष्ट तथा सेयर गर्दा सञ्चारमाध्यमको आम्दानीमा गम्भिर असर परेको भन्दै अष्ट्रेलियामा यसको विरोध हुँदै आएको छ ।

अष्ट्रेलिया सरकारले समेत फेसबुक लगायत सोसल साइटहरुले समाचार सामग्री पोष्ट गर्नुअघि त्यहाँका सञ्चारमाध्यमसँग आर्थिक सम्झौता गर्नुपर्ने शर्त राखेका कारण अहिले यस्तो अवस्था आएको हो । यस्तो कानून अष्ट्रेलियाको संसद्ले बुधबार पारित गरेको छ । यसलगत्तै फेसबुकले यस्तो कदम चालेको हो । यद्यपी यो कानून सिनेटमा पेश हुन बाँकी छ ।


सरकारको तर्क छ कि ‘जाइन्ट सोसल साइटहरुले न्यूज रुमहरुलाई उनीहरुको उचित मुल्य तिर्नुपर्नेछ ।’
उसको यसको तर्क र शर्तलाई अस्वीरका गर्दै आएको फेसबुकले त्यही जवाफ स्वरुप बिहीबारबाट यस्तो कदम चालेको जनाएको छ ।

राजनीतिक समर्थन प्राप्त यो कानून संसद्को तल्लो सदनबाट पारित भएको छ । यो कानून अनुसार फेसबुक र गुगलले मिडियाका समाचार सामग्रीका लागि मिडिया कम्पनीलाई शुल्क तिर्नुपर्नेछ । फेसबुकले भने मिडियाका समाचारहरु आफुले राखेको नभई मिडिया कम्पनी तथा पत्रकारिता क्षेत्रकै व्यक्तिले आफ्नो पाठक बढाउनका लागि फेसबुकको प्लेटफर्ममा राख्ने गरेकाले आफुलाई यस्तो कानून मान्य नहुने जिकिर गरेको छ ।

अष्ट्रेलिया सरकारले फेसबुक मात्र नभई गुगल, ट्वीटरसहितका अन्य कम्पनीका लागि पनि यस्तै बाध्यकारी कानूनको पालना गराउन खोजेको छ । जसलाई गुगलले समेत अस्वीकार गर्दै आएको छ ।

गुगलले भनेको छ, ‘यस्तो कानून आफुलाई मान्य हुनेछैन । बरु आफ्नो सर्च इन्जिन नै अष्ट्रेलियाबाट हटाइने छ ।’
यद्यपी उसले आफ्नो न्यूज रुममार्फत् अष्ट्रेलियाका केही सञ्चारमाध्यमसँग भुक्तानी सम्झौता पनि गरेको छ ।

सोसल साइटमा हरेक मिडियाका समाचार क्षणभरमै पोष्ट तथा सेयर हुँदै जाने र उनीहरुले लोकप्रियतासँगै आर्थिक लाभ समेत उठाउने सरकारी तर्क छ । अर्कातिर समाचार उत्पादनका लागि स्थापित मिडिया तथा सिंगो पत्रकारिता क्षेत्रले भने चरम आर्थिक अभाव झेल्दै सुकेर जानु पर्ने अवस्थाको सृजना भएको छ ।

अष्ट्रेलियाका अधिकारीहरु आफ्नो यस्तो कदमले विश्वव्यापी रुप लिने ठान्छन् । फेसबुकले समाचार सामग्री ब्लक गरेजस्तै गुगलले आफ्नो शर्च इन्जिन रोके पनि आफुहरु यसबाट पछि नहट्ने अष्ट्रेलियाको अडान छ । फेसबुकका करोडौं प्रयोगकर्ता र त्यहाँका आम मानिसबाट यसमाथि प्रतिक्रिया आउन बाँकी छ ।

प्रकाशित मिति फेब्रुअरी १७, २०२१

Leave a Reply